‘कबड्डी ४’ युटुवमा पनि ब्ल्कबस्टर : १ नम्वर ट्रेन्डिङमा
हलमा ब्ल्कबस्टर फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ युटुवमा पनि ब्ल्कबस्टर सावित भएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्म कोरोना कहर पश्चात् प्रदर्शनमा आएको थियो र सफल भएको थियो ।
युटुवमा भने ‘कबड्डी ४’ गत मंगलबार बासुरी फिल्मस्बाट अपलोड गरिएको थियो । फिल्मलाई सुरुवातदेखि नै दर्शकले चासोका साथ हेरिरहेका छन् । फिल्म यतिबेला युटुव ट्रेन्डिङको शिर्ष पहिलो स्थानमा छ । फिल्मले एक साता नपुग्दै ५६ लाख बढी भ्युज पाउन सफल भएको छ ।
सफल सिरिज ‘कबड्डी’को फाइनल म्याचमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका छ । मिरुनालाई यही फिल्मदेखि सफलताले समेत साथ दिइरहेको छ ।
‘कबड्डी ४’ पछि दया र मिरुना अभिनित जारी र नांगो गाउँ सफल भयो । यो हिट जोडीले ‘रंगेली’, ‘लोकल हिरो’ लगायत अन्य फिल्महरुमा पनि अभिनय गर्दैछन् । निर्देशक रामबाबु गुरुङ भने ‘डिग्री माइला’ खिच्दैछन् ।