निश्चल बस्नेतको ‘दिमाग खराब’ बिना कैंची सेन्सर पास
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ । सोमबार फिल्म हेर्दै चलचित्र जाँच पास समितिले फिल्मलाई युनिभर्सल प्रमाण पत्र प्रदान गरेको हो ।
फिल्ममा समावेश कुनै पनि दृश्य तथा संवादमा कैंची नचलाई ‘दिमाग खराब’लाई सेन्सरले पास गरिएको हो । फिल्म दुई घण्डा २९ मिनेट ३१ सेकेण्ड लामो रहेको सार्वजनिक सेन्सर प्रमाण पत्रमा उल्लेख छ । रौनक विक्रम कंडेल निर्मित फिल्मलाई अब हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।
फिल्म ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की लगायत कलाकारहरुको अभिनय छ । तिहारको छेको पारेर फिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । आकाश बरालको स्क्रिप्ट रहेको फिल्ममा मनोज पण्डित स्क्रिप्ट डक्टरको रुपमा आवद्ध छन् ।