फिल्ममा फर्किए रमित र बिपना (६ तस्बिर)
अभिनेता रमित ढुंगाना र अभिनेत्री बिपना थापा नेपाली फिल्ममा फर्किएका छन् । लामो समयको ब्रेकपछि रमित निर्देशक र बिपना कलाकारको रुपमा ब्याक भएका हुन् ।
रमितले निर्देशन गर्ने फिल्म ‘नमेटिने घाउ’को हालै मुर्हत गरिएको छ । उनले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा प्रभावित भएर उक्त फिल्म निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।
यता बिपना भने अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्दै गरेको फिल्म ‘ह्रस्व दिर्घ’बाट अभिनयमा फर्किएकी हुन् । उनले फिल्मको केही प्रतिशत छायाँकन समेत गरिसकेकी छन् ।
जे होस्, आफ्नो समयका सफल कलाकारद्वाय रमित र बिपना फिल्ममा फर्किएका छन् । कस्तो होला त उनीहरुको कमब्याक ? ‘मुग्लान’ र ‘बरमाला’मा एकसाथ अभिनय गरेका रमित र बिपनालाई ६ तस्बिरमा हेर्नुस् :
तस्बिर : उद्धव रसाइली