नेपाल आउँदै ज्याकलिन
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । हिरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा ज्याकलिनलाई नेपाल ल्याउन लागेको हो ।
आरबीले ३० मार्चमा आफ्नो २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ । जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन् । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् । कार्यक्रम यही मार्च ३० गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन् । हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्ने आयोजकको विश्वास छ । उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन।
कार्यक्रमका लागी आफु हर्षित रहेको ज्याकलिनले बताएकी छन् । उनले भिडियो सन्देश मार्फत आफु कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन् । किमले पनि भिडियो सन्देश मार्फत नै कार्यक्रमको लागी आफु तयार भएको खबर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाईएको थियो ।
ज्याकलिन आउने खवरसहित आरबी डायमण्डले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।
नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले कन्टेन्ट क्रिएटर, डिजाइनर रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।