‘बेहुली फ्रम मैघौली’ले पहिलो दिन कति कमायो ?
स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मैघौली’ले प्रदर्शनको पहिलो दिन ८० लाख ग्रस कलेक्सन गरेको छ । वितरक अशोक शर्माका अनुसार फिल्मले बिहीबार देशभरका ३४० भन्दा धेरै शोहरुबाट उक्त ग्रस कलेक्सन गर्न सफल भएको हो ।
फिल्म ‘बेहुली फ्रम मेघौली’ ले प्रदर्शनको दोश्रो दिन शुक्रबार पनि दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । दोश्रो दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छैन् । फिल्ममा स्वस्तिमासँगै निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । यस्तै निर्माण टिमले फिल्म रिलिजपुर्व हरेक दिन एक जनाले एमआईको मोबाइल र ग्राण्ड पुरस्कार अर्न्तगत २ लाख ७७ हजार पर्ने न्यूहको गोवा ०३ इलेक्ट्रीक स्कुटर जित्ने अफर ल्याएको थियो । यो अफर पहिलो हप्ता अर्थात् ७ दिनसम्म देशभरका दर्शकले सहभागी हुन पाउने व्यवस्था सिनेमाको निर्माण टिमले गरेको थियो ।
यो योजनामा भाग लिन चाहने व्याक्तिले नेपालकै ठुलो मल्टिप्प्लेक्स चेन क्युएफएक्सको अनलाइन टिकट काटेर सिनेमा हेर्नु पर्ने थियो । यो हलको टिकट अनिवार्य रुपमा अनलाइन माध्यम खल्ती एप अथवा क्युएफएक्स एफ र वेवसाइटमा गएर काट्नु पर्ने सर्त थियो । हल मै गएर काटेको टिकट मान्य नहुने सर्त सिनेमाको निर्माण टिम र क्युएफएक्स सिनेमाजले लागु गरेको थियो ।
सोही अनुरुप पहिलो दिन बिहीबार अनलाइन टिकट काटेकी श्रद्धा प्रसाइँलाई सिनेमा ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले पुरस्कार वितरण गरेको छ । झापाको विर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलबाट विजेतालाई एमआई मोबाइल वितरण गरिएको हो ।
‘वाच एण्ड विन’ योजना अन्तर्गत मोबाइल जित्ने अवसर ल्याइएको थियो । श्रद्धा पहिलो दिनकी विजेता हुन् । अन्य दिनका विजेता पनि क्रमशः दैनिक घोषणा गर्दै जाने बताइएको छ ।