‘कलको पानी रक्सी गन्हायो’ (हेर्नुस् रिमिक्स भर्सन)
फिल्म ‘झमक बहादुर’ का लागि हिट गीत ‘आमैले भन्थे धाराको पानी’ लाई रिमिक्स गरिएको छ । शुक्रबार राजधानीमा कार्यक्रम गर्दै यो फिल्मको रिमिक्स गीत सार्वजनिक गरिएको हो । रन्जित गजमेरको सङगीत रहेको गीतमा कसुम गजमेर शब्द छ । रिमिक्सि गीतमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ । भिडियो हेर्नुस् :
भिडियोमा नायक अनुप विक्रम लगायत कलाकारहरु फिचरिंग छन् । युवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको फिल्म ‘झमक बहादुर’ मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायत कलाकारको मुख्य भूमिकामा रहेको छ ।
भोमन कटुवाल निर्देशित फिल्म झमक बहादुर निर्देशित फिल्मले नेपाली समाजको वास्तविक चित्र अर्थात् झुपडीमा बस्ने र महलमा बस्ने बीचको द्वन्द्वात्मक हास्य प्रधान फिल्म रहेको मिनकुमार तामाङले बताए । फिल्म जेठ ११ गते देखि प्रदर्शन हुँदैछ ।