सोल्टा सोल्टीको प्रेम कथामा ‘ए सोल्टिनी’ (प्रोमो)
निमा लामा तामाङको निर्देशनमा बनेको फिल्म ए सोल्टिनी को प्रोमो, पोस्टर र गीत रिलिज गरिएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गरी फिल्मबारे जानकारी दिइएको हो । दिलकुमार घलान तामाङ निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, अर्जन गुरुङ, सम्झाना श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा राना मगर, अनिता गोले, मञ्जु श्रेष्ठ, शेरबहादुर थिङ लगायतले अभिनय गरेका छन् । प्रोमो यस्तो बनेको छ :
सोल्टा सोल्टीको प्रेम कथामा निर्माण गरिएको ‘ए सोल्टिनी’ को विभिन्न देशमा प्रदर्शन पछि मात्रै नेपाल रिलिज गरिने निर्माता दिल कुमारले बताए । कार्यक्रममा अभिनेता सविन श्रेष्ठले फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने आशा व्यक्त गरे । निर्देशक निमाले ए सोल्टिनी आफ्नो पहिलो नेपाली फिल्म भएकाले पर्याप्त मिहेनत गरेको दाबी गरे ।