३२ लागेकी नम्रताको रमाइलो बानी, चाहिन्छ अकबरे खुर्सानी
सुन्दरी नायिका नम्रता श्रेष्ठको आज अर्थात् जुन १४ तारिख जन्मदिन हो । नम्रता आजबाट ३२ बर्षमा लागेकी छिन् । नम्रताको जन्मदिन पारेर हामीले उनका तीन रमाइला आनीबानी बारे छोटकरीमा चर्चा गरेका छौं । उनका प्रिय निर्देशक दिनेश राउतले नम्रताका तीन रमाइला बानीहरु सेयर गरेका छन् ।
१.अकबरे खुर्सानीको सौखीन : नम्रता अकबरे खुर्सानीको सौखिन हुन् । उन्लाई अकबरे खुर्सानी भएपछि केही पर्दैन् । उनको घरमा अकबरे खुर्सानी र अचार प्रशस्तै छन् ।
२.संगीत प्रेमी : अकबरे खुर्सानी पछि नम्रता संगीतको सौखिन हुन् । उनी गीत संगीत सुन्न अति नै रुचाउँछिन् । संगीत सुन्न मन पराउने भएर हल्का फुल्का गाउँछिन् पनि ।
३.फ्रेन्डली नम्रता : नेपाली फिल्म क्षेत्रमा नम्रतालाई धेरैले घमण्डी भन्दछन् । तर नम्रता मिलनसार व्यक्ति हुन् । घुलमिल भएपछि नम्रता एकदमै मिल्छिन् । उनी घमण्डी छैनन् ।