निशा र शरदबिच असार १६ मा विवाह, यस्तो छ कार्ड
नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबिच यही असार १६ गते विवाह हुने भएको छ । राजधानीमा हुने विवाह समारोहमा आफन्त मात्रै सहभागी हुनेछन् । असार १८ गते हुने रिसेप्सन पार्टीमा भने आफन्त र फिल्मकर्मी निमन्त्रणा दिइने निशाले जानकारी दिइन् ।
विवाह कार्ड
जीवनका कतिबेला कुन मोड आउँदो रहेछ थाहै नहुने, निशाले भनिन्, अब चाहिं विवाहको पनि अनुभव लिउँ भन्ने लाग्यो । विगत चार वर्षदेखि प्रेममा रहेका निशा र शरदको बिचमा ब्रेकअपको पनि हल्ला थियो । हामी एक अर्कालाई बुझ्ने क्रममा थियौं । अब चाहिं हामी बिहेका लागि परिपक्व भयौं भन्ने लाग्यो । झ्नाकुटी निर्माण गरेकी निशाले बिहेपछि आफ्नो सक्रियतामा कमी नआउने बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी निशा र क्रिकेटका सफल खेलाडी शरदको जोडीलाई धेरैले पावर कपलका रुपमा विश्लेषण गर्ने गर्दछन् । निशा र शरदको वैवाहिक जीवन सफल रहोस् शुभकामना ।