ट्रेन्डिङको शिर्ष स्थानमा ‘भद्रगोल’, अरु के-के छन् ?
केही दिन अघिसम्म नेपालको युट्युव ट्रेन्डिङमा युएस बिमान दुर्घटनाको दुःखद भिडियोहरु थिए । अहिले भने ट्रेन्डिङमा रमाईला र रोचक भिडियो आएका छन् । साप्ताहिक हाँस्य टेलिफिल्म भद्रगोल पहिलो स्थानमा पर्न सफल भएको छ ।
गत शुक्रबार अपलोग डगरिएको भद्रगोलको एक सय ६४ भाग ७ लाख बढी भ्युज कमाउँदै ट्रेन्डिङको पहिलो स्थानमा छ । दोश्रोमा सोफिया रोवर्ट र तेश्रोमा आइतबार मात्रै अपलोड गरिएको सिमसिमे पानीमा पर्न सफल भएको छ । गत साता नेपाल आएकी साउदी अरेबियाकी रोवर्ट सोफियाका धेरै जसो भिडियोहरु ट्रेन्डिङमा छन् ।