find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘नाईँ नभन्नू ल ५’ सुटिङ सुरु, स्वस्तिमाको जोडी यी हुन्

झापाको बिर्तामोडबाट सोमबारदेखि ‘नाईँ नभन्नू ल ५’को औपचारिक सुटिङ आरम्भ भएको छ । झापा र इलामका रमणीय स्थानमा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए ।

कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् । अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन् । हरेक फिल्मबाट नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएका आचार्यले यो फिल्मबाट पनि अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् । झापा मै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

निर्देशक आचार्यले झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’

आचार्यले फिल्म भदौ ८ मा ल्याउने तयारी गरिरहेको पनि जानकारी गराए । सोही मितिमा भुवन केसीले निर्माण गर्ने फिल्म ‘क्याप्टेन’ पनि सार्वजनिक हुने चर्चा छ । कलाकारहरूको जम्बो टोली रहने फिल्ममा यस पटक पनि चल्तीका थुप्रै कलाकारले अभिनय गर्दैछन् । ‘नार्इँ नभन्नू ल’को परिवारमा यो पटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छिन् । आचार्यले केकीसँग काम गर्ने अवसर बल्ल जुरेको बताए ।

‘नार्इँ नभन्नू ल ३’मा पनि केकीलाई खेलाउन चाहेका थियौं तर विविध कारणले मिलेको थिएन । यो पाला अवसर जुरेको छ,’ आचार्यले भने । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् ।
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha