‘लिलिबिली’ प्रोमोशन मोफसलमा यसरी हुँदैछ
चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ टिम यतिबेला मोफसल प्रचारमा छ । नायक प्रदीप खड्का, नायिका जसिता गुरुंग र गायक प्रताप दास दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्दै फिल्मको प्रचार गरिरहेका छन् ।
प्रचार टुरमा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्का पनि सँगै छन् । चितवन, इटहरी र धरानपछि टिम विर्तामोड र दमकतर्फ लाग्दैछ । मोफसल प्रचार सेकर टिम आउँदो साता राजधानी फर्किनेछ । प्रदर्शन मिति नजिकिएसँगै लिलिबिली को प्रचार प्रसार आक्रमक बनाइएको छ ।
निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काको संयुक्त लगानीमा बनेको फिल्म लिलिबिली मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय रहेको छ । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :