find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यसरी भव्य रुपमा हुँदैछ ‘नालापानी’को छायाँकन

ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ को शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा छायांकन गरियो । कलाकारले त्यहाँ नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य थिए ।

नेपाल आर्मीबाट प्राप्त झण्डै पचास वटा घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो । जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए । उक्त दृश्य छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बिना यस्तो प्रकारले फिल्म छायांकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । फिल्मका निर्माता मनोज शाक्यले नेपाल आर्मीले यस प्रकारको साथ दिएकोमा खुशी व्यक्त गरे ।

काठमाण्डौ र आसपासमा छायांकन सकिएपछि फिल्म यूनिट उपरदाङ्ग गढी पुग्नेछ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायांकन करिव तीन महिनासम्म लगातार चल्नेछ । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।

यसै बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित ’नालापानी’ बनिरहेको छ ।

फिल्मको बजेट मात्रै करिब ९ करोड पुग्ने अनुमान गरिएको छ । ‘नालापानी’ मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनिरहेको यस फिल्ममा मजोन शाक्य र नितिशा शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha