जेठ १८ देखि हलमा ‘बेबी आइ लभ यु’ लाग्ने
जेठ १८ गते फिल्म ‘बेबि आइ लभ यू’ प्रदर्शनमा आउने भएको छ । बिहिबार फस्ट लुक रिलिज गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो । जनक पाण्डे निर्देशित फिल्म लभ स्टोरी वेसको हो ।
शिव न्यौपानेले बनाएको फिल्म बेबि आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनीहरु दुवै नव कलाकार हुन् । फिल्ममा सन्तोष र पुजासँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि अभिनय छ ।
यस्तै ‘बेबि आइ लभ यु’ मा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे रहेको छन् । कथा सन्तोष खड्गीले तयार गरेका हुन् । फिल्मको गीत संगीत पनि सन्तोषकै हो ।