केकी र मेस्सीबिच यस्तो सम्झौता !
फिल्म र फुटबल प्रेमीको लागि खुसीको खबर ! विश्व चर्चित फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को शो गर्ने भएका छन्
इस्पेन इस्थित बार्सिलोनामा आफ्नो फूटबल क्लबका सदस्यहरुका लागि एक शो आयोजना गर्ने कुरा मेस्सी फाउन्डेसन मार्फत जानकारी गराइएको छ । मेस्सी फाउन्डेशनसँग सम्झौतासँगै ‘कोहलपुर एक्सप्रेस’ टिममा खुसी छाएको छ । ‘यो सम्झौता सम्पूर्ण खेल र फिल्म प्रेमी दर्शकको लागि खुसीको खबर हो’, मेस्सी फ्यान केकीले भनिन्, ‘अब हामीलाई अन्य मुलुकमा पनि फिल्म देखाउने बाटो खुलेको छ ।’ ‘कोहलपुर एक्सप्रेस’ को स्पेनिशा भाषामा समेत सव टाइटलिङ भैरहेको केकीले जानकारी दिइन् । केकी मेस्सीको डाइहार्ट फ्यान हुन् ।
विशाल भण्डारीको डेव्यु निर्देशन रहेको ‘कोहलपुर एक्स्प्रेस’ बैशाखको १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय छ । मेस्सी फाउन्डेसन र कोहलपुर एक्स्प्रेसका लागि केकी अधिकारी बिच भएको सम्झौता हेर्न यहाँ क्लिक गर्नुस् :