पिएमको भारत भ्रमणमा महानायक र निर्देशक डिसी
महानायक राजेश हमाल र सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा को कलाकार सहभागी होलान् भन्ने चासोकाबिच प्रधानमन्त्री कार्यालय बालुवाटारले महानायक हमाल र निर्देशक तथा सञ्चारकर्मी डिसीको नाम औपचारिक रुपमा पुष्टि गरेको हो ।
गत शुक्रबार सम्पन्न फान अवार्डमा प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नेपालबाट पनि केही कलाकारलाई साथ लैजाने उद्घोष गरेका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्री निवासमा आयोजना गरिएको दिवा भोजमा महानायक हमाल सहित दर्जन बढी कलाकार सहभागी भएका थिए भने कार्यक्रमको होस्ट डिसीले गरेका थिए । यही चैत २४ गते डिनर गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कलाकार र बलिउडका हस्ती सहभागी हुनेछन् । प्रधानमन्त्री कार्यालयमा कलाकारको दिवा भोजको भिडियो हेर्नुस् :