ऋचाको क्यारेक्टर माथि तिर्सनाको आपत्ती !
फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा नायिका ऋचा शर्माले निभाएको भूमिकाप्रति मोडल तथा गायिका तिर्सना बुढाथोकीले आपत्ती जनाएकी छन् । फिल्मको प्रोमो रिलिज भएकै दिन तिर्सनाले फेसबुक लाइभ गर्दै आपत्ती जनाएकी छन् । ऋचाले ‘कोहलपुर एक्सप्रेस’ मा तिर्सना नामक बार गर्लको भूमिका निभाएकी छन् ।
‘कोहलपुर एक्सप्रेसमा चाहिं मलाई बार गर्लको रुपमा देखाइएको रहेछ । त्यसमा मेरो आपत्ती छ, अमेरिकामा रहेकी तिर्सनाले फेसबुक लाइभमा भनेकी छन्, ‘म बार गर्ल होइन ।’ यता ‘कोहलपुर एक्सप्रेस’ टिमले भने तिर्सनाको व्यक्तिगत जीवनलाई आँच नआउने गरी फिल्ममा क्यारेक्टर राखिएको बताउँछ । ऋचा आफै पनि तिर्सनाको हाउभाउ र बोल्ने शैलीलाई मात्र कपी गरिकएको दाबी गर्छिन् । प्रेसमिटको भिडियो हेर्नुस् :
नायिका केकी अधिकारीले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ आउँदो बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । विविन्न हत्कण्डा गरेर चर्चामा आइरहेन मोडल तिर्सना बुढाथोकीको क्यारेक्टरलाई फिल्ममा कसरी देखाइएको होला त ?
विशाल भण्डारी निर्देशित कोहलपुर एक्सप्रेस मा केकी सहित प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामांग, विनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय छ ।