find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सन्तपुरमा कम्मर मर्काउँदै ‘रामकहानी’का सबै कलाकार

बाढी प्रभावितका लागि धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमुना सन्तपुर बस्ती, रौतहटमा फिल्म ‘रामकहानी’ को गीत छायाँकन गरिएको छ । फिल्मका सबै कलाकार समावेश हुने गीतको छायाँकन विगत ५ दिनदेखि उक्त बस्तीमा भैरहेको छ ।

‘बस्तीलाई अझ धेरैले हेरुन् भनेर गीतको छायाँकन गर्न लागिएको हो’, बिहिबार बस्ती पुगेकी कुञ्जना घिमिरे सुन्तली ले भनिन्, ‘फेरी नेपाली फिल्मलाई हामीले सर्पोट नगरे कसले गर्ने ?’ यसअघिमा फिल्ममा हिमाल र पहाडका सुन्दर दृश्य खिच्दै आएका निर्देशक सुदर्शन थापा यस पटक दर्शकका लागि फरक स्वाद दिन सन्तपुर झरेको बताउँछन् । ‘दर्शकलाई केही फरक होस् भनेर बस्ती आएका हौं’, निर्देशक थापा भन्छन्, ‘बस्ती बनेदेखि नै यहाँ एउटा गीत खिच्ने रहर थियो । यहाँ आएर खिच्दा साँच्चै रमाइलो लागि रहेको छ ।’

कविराज गहतराजले कोरियोग्राफी गरिरहेको गीतमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, माग्ने बुढा, विल्सन विक्रम राईले एकसाथ कम्मर मर्काएका छन् । कोरियोग्राफर गहतराज आफ्नो करिअरको उत्कृष्ट कोरियोग्राफीमा रामकहानी को यो गीत पनि पर्न आउने बताउँछन् ।

अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘तिम्रो लागि म छु दुनियाँ छोडिदेऊ’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘रामकहानी’को एउटा गीत र केही दृश्यहरु खिच्न बाँकी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha