शो संख्या र दर्शक बढाउँदै तेश्रो सातामा ‘शत्रुगते’
मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले शानदारका साथ तेश्रो सातामा आफ्नो प्रदर्शन यात्रा तय गरेको छ । मल्टिप्लेक्स हलमा शो संख्या र दर्शक बढाउँदै फिल्मले रिलिजको गति बढाएको हो ।
दोश्रो सातामा क्युएफएक्स अन्र्तगतका हलमा १७ शो पाएको शत्रुगतेले तेश्रो सातासम्म आउँदा २२ शा पाएको छ । क्युएफएक्सले ५ शो बढाउँदा अन्य मल्टिप्लेक्सले पनि शो संख्या बढाइरहेका छन् । कुनै न कुनै शो हाउसफूल भएको फिल्मको यो शनिबारका धेरै शो बुक भैसकेका छन् । यसरी शो अनुपात र हलमा दर्शकको संख्या हेर्दा शत्रुगते को व्यापार छक्का पञ्जा श्रृंखलाले बनाएको रेकर्ड नजिक पुग्ने अनुमान गरिएको छ । हल रिपोर्ट हेर्नुस् :
पहिलो साता ५ करोड माथिको व्यापार गरेको ‘शत्रुगते’ को तेश्रो साताको कलेक्सन भने सार्वजनिक गरिएको छैन । निर्माता तथा अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नी वियोग पर्दा निर्माण पक्षले व्यापारिक रिपोर्ट सार्वजनिक नगरेको हो । दुई सातामा फिल्मले ८ करोड नजिक व्यापार गरेको अनुमान छ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको शत्रुगते लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । हरिवंश, निर्देशक भट्टराई र पत्नी रमिला आचार्यसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेश रञ्जन झा, बसुन्धरा भूषाल, शिवहरी पौडेल, राजाराम पौडेल गरी दर्जन बढी हाँस्य व्यांग्य कलाकारहरुको अभिनय छ ।