‘पर्सनल भिजिट’ भन्दै आर्यन पत्नी सहित अष्ट्रेलिया उडे
नायक तथा ‘कायरा’ निर्माता आर्यन सिग्देल अष्ट्रेलिया उडेका छन् । आइतबार राती उनी पत्नी सपना भण्डारी सहित त्यसतर्फ उडेका हुन् । एक महिने छुट्टीमा गएका सपना आर्यनले यो उडानलाई ‘पर्सनल भिजिट’ भनेका छन् ।
‘हामी पर्सनल घुमघामको लागि उडेका हौं’, आर्यन पत्नी भण्डारीले भनिन्, ‘त्यस्तो केही भयो भने थाहा पाइहाल्नु हुन्छ नि !’ पोष्ट प्रोडक्सनमा रहेको ‘कायरा’ छाडेर आर्यन दम्पती किन उडे त अष्ट्रेलिया ? कतै नयाँ प्रोजेक्टको लागि त होइन ? यदि हो भने केही समयपछि पक्कै पत्ता लाग्नेछ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लिएर ‘कायरा’ बनाएका आर्यनले रिलिज मिति तय गरेका छैनन् । सम्भवतः फिल्म दशैं अगाडी नै रिलिज हुनेछ । कायरा लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।