कर्णालीको विद्यालयलाई घिमिरे दम्पत्तीको सहयोग
हाँस्यव्यांग्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र पत्नी सितादेवी तिमल्सिनाले कर्णालीको एक विद्यालयलाई ७५ हजार नगद सहयोग गरेका छन् ।
कालीकोटस्थित राशकोट नगरपालिकाको सिफ्टी बिशालीमा नेपालकै नमुना निःशुल्क आवासिय बिद्यालय संचालनको सहयोगार्थ घिमिरे दम्पत्तीले कर्णाली फाउन्डेसनका अध्यक्ष तिलक प्रसाद उपाध्यायलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकमले आवासिय बिद्यालयको साथमा अध्ययन तथा अनुसन्धान केन्द्र, धार्मिक पर्यटनको लागि नेपालकै ठुलो शिव मन्दिरको निर्माण, प्राविधिक शिलालय लगायतका अन्य संरचनाहरु पनि निर्माण गरिने फाउन्डेसनका सदस्य लिलाराज बरालले बताएका छन् ।
कर्णाली फाउन्डेसनकै कार्यक्रममा हाँस्य प्रस्तुतीका लागि त्यहाँ पुगेका केदार र सिताले विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रमको पारिश्रमिक कटाएर उनीहरुले विद्यालयलाई सहयोग गरेका हुन् । कार्यक्रमको पारिश्रमिक चाहिं कति थियो होला त ?