find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राउतको ‘प्रसाद’मा विपिन र नम्रता निःसन्तान दम्पत्ती

निःसन्तान दम्पत्तीको कथामा फिल्म ‘प्रसाद’ बन्ने भएको छ । निर्देशक दिनेश राउतले यो संवेदनशील विषयमा फिल्म बनाउने हिम्मत गरेका हुन् । सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’मा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ निःसन्तान दम्पत्तीका रुपमा मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

‘कथाले राम्रो कलाकार पाएको छ यसमा हामी खुसी छौं’, सञ्चारकर्मी तथा फिल्म समिक्षक समेत रहेका लेखक पौडेलले होटल सांग्रिलामा गरिएको ‘प्रसाद’को औपचारिक घोषणा कार्यक्रममा भने, ‘मैंले यो कथा ९ कक्षा पढ्दै सोचको थिएँ । धेरैलाई सुनाएको पनि थिएँ । बिहे नगरेपनि दम्पत्तीको कथालाई लेख्ने प्रयास गरेको छु ।’

निर्देशक राउतले आफुलाई मन पर्ने जनरामा प्रसाद बनाउन लागेको बताए । ‘निःसन्तानका कारण पति र पत्नीबिच आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न हुने एक मानसिक द्धन्द्धसँगै सामाजिक मूल्य, मान्यता विरुद्ध निःसन्तान दम्पत्तीले गर्ने संघर्ष नै फिल्मको मूल कथा हो’, निर्देशक राउतले प्रष्ट्याए ।

पर्दामा पहिलो पटक दम्पत्ती भएर प्रस्तुत हुन लागेका विपिन र नम्रताले एकसाथ काम गर्न पाएकोमा खुसी व्यक्त गरे । यसअघि उनीहरुले ‘छड्के’मा सँगै काम गरेका थिए तर जोडी भएर भने होइन । सुभाष थापाले निर्माण गर्ने प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् ।

कलाकारका रुपमा विपिन र नम्रतासँगै नवीन मानन्धर पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । संगीत कोशिस क्षेत्री र सुवास भूषालको छ । फिल्मको छायाँकन बैशाखको अन्त्यदेखि सुरु हुनेछ । तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha