‘चौका दाउ’ मा बर्षा राउत अनुबन्धित
फिल्म ‘चौका दाउ’ मा नायिका बर्षा राउत अनुबन्धित भएकी छन् । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाका छोरा सौर्यजीव बाँस्कोटाले निर्माण गर्ने फिल्ममा बर्षा लिड हिरोइनको रुपमा अनुबन्धित भएकी हुन् ।
‘चौका दाउमा मेरो रोल रमाइलो र चाखलाग्दो छ’, बर्षाले भनिन्, ‘मलाई मन पराउने दर्शकका लागि यो रोल पक्कै पनि राम्रो लाग्नेछ।’ पूणेन्दु झाले निर्देशन गर्ने चौका दाउ मा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह लगायत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
‘चौका दाउ’ साइन गरेकी बर्षाले अर्को एक फिल्मबाट भने हात झिकेकी छन् । नायक सलिनमान बनियाँ लिड एक्टर रहेको फिल्ममा बर्षा नखेल्ने भएकी हुन् । ‘सहमती मै मैंले उक्त फिल्म नखेल्ने भएकी हुँ’, बर्षाले भनिन् ।