माग्ने बुढा ४४ वर्ष लागे, धुर्मुसले भावुक स्टाटस लेखे
चर्चित हाँस्य व्यांग्य कलाकार केदार घिमिरे माग्ने बुढाको चैत २८ गते जन्मदिन हो । मकवानपुर स्थायी घर भएका केदार वि.स २०३१ सालमा जन्मिएका हुन् । यो सालबाट ४४ वर्ष लागेका उनका एक श्रीमती, दुई सन्तानको रुपमा छोरा अनि छोरी छन् ।
नेपाली हाँस्य व्यांग्य क्षेत्रमा झण्डै दुई दशक बिताएका कलाकार घिमिरेको जन्मदिनमा सामाजिक सञ्जाल शुभेच्छाले भरिएका छन् । हास्यव्यांग्य क्षेत्रमा एक समयका सफल जोडी सिताराम कट्टेल ‘धुर्मस’ पुरानो फोटो पोस्ट गर्दै लेख्छन्, ‘सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै गरेका ती पल, अहिले पनि मन र दिमागमा हरपल आइरहन्छन् । केदार जी, तपाईं मनले मानेको मित्र, दर्शकको प्रिय । र, त तपाईं हामी सबैको दिलभित्र हुनुहुन्छ । जन्म दिनको अवसरमा अझै धेरै प्रगति र सु-स्वास्थ्यको कामना !’ घिमिरे परिवारसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
यस्तै ‘छक्का पञ्जा’ सिरिजका क्याप्टेन दिपकराज गिरी लेख्छन्, ‘नाम माग्ने बूढा एउटा निर्मातासँग दश दश लाख माग्न थाल्यो । संसारको पहिलो माग्ने, जस्लाई माया गरेर सबैले माग्ने सर भन्छन् । माग्ने बूढा मेरो जिन्दगीको पहिलो माग्ने जो मेरो भाई हो ।’ केदारले १० लाख पारिश्रमिक लिएर खेलेको फिल्म ‘रामकहानी’ को भदौ २२ गते प्रदर्शन हुँदैछ भने ‘छक्का पञ्जा ३’ को छायाँकन बैशाखको दोश्रो सातादेखि सुरु हुँदैछ । रिलिज फूलपातीमा तोकिएको छ ।