प्रदीप र जसिताको ‘लिलिबिली’ लाई २५ शो
प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’ ले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । राजधानीको क्युएफएक्स अन्र्तगतका हलहरुमा यो प्रतिक्षित फिल्मले २५ शोज पाएको हो । फिल्मको बुकिङ पनि खुला गरिएको छ ।
‘लिलिबिली’ को भागमा ‘शत्रुगते’, ‘बाघी २’, ‘नेप्टे’, ‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ लाई शो विभाजन गर्दा २५ शो परेको हो । लभ स्टोरी फिल्मले मल्टिप्लेक्समा पाएको यो उच्च शो हो । व्यापारका हिसाबले मुटु मानिएको क्युएफएक्सले फिल्मको हाईप, स्टार कास्ट र प्रचार प्रसारलाई ध्यानमा राखेर शो संख्या उपलब्ध गराउने गर्दछ । मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले रिलिजको पहिलो शुक्रबार ३२ शो पाएको थियो । प्रदीप र जसितासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
स्टार कास्ट र प्रचारका हिसाबले ‘लिलिलिबी’ अब्बल मानिएको छ । ‘प्रेम गीत’ र यसको सिक्वेल हिट भएपछि नायक प्रदीप खड्काको युवा पुस्तामा उच्च क्रेज छ । ‘लिलिबिली’ प्रचारमा प्रदीप खटिरहेका छन् । यसकारणले युवा पुस्तामा फिल्मको प्रतिक्षा उच्च छ । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
मिलन चाम्सको निर्देशन रहेको फिल्ममा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय छ । फिल्मलाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् ।