‘लिलिबिली’को कलेक्सन दुई दिनमै दुई करोड नाघ्यो !
यदी निर्माता तथा वितरक गोविन्द शाहीले दिएको व्यापारिक हिसाब सही भएको खण्डमा फिल्म ‘लिलिबिली’ले सुरुवाती व्यापार सुपर गरेको छ । शाहीबाट प्राप्त व्यापारिक हिसाब अनुसार फिल्मले दुई दिनमै दुई करोड माथिको ग्रस कलेक्सन गरेको छ ।
शाहीका अनुसार ‘लिबिलिली’ ले पहिलो दिन शुक्रबार राजधानीबाट ४२ लाख र मोफसलबाट ४० लाखको ग्रस कलेक्सन गरेको छ । बैशाख १ गते शनिबार फिल्मले राजधानीबाट मात्रै ७१ लाख र मोफसलबाट ६५ लाखको ग्रस कलेक्सन गरेको छ । दुई दिनको कुल व्यापार दुई करोड १८ लाख हुन आउँछ । हल रिपोर्ट हेर्नुस् :
तर प्राप्त व्यापारिक विवरणलाई सजिलै पत्याउँन भने मुस्किल छ । धेरै फिल्मका निर्माता तथा वितरकले भएको भन्दा बढाएर व्यापारिक हिसाब मिडियालाई उपलब्ध गराउने गरिरहेका छन् । जे होस् शुक्रबार सन्तोषजन व्यापार गरेको ‘लिलिबिली’ ले शनिबार भने देशैभर आक्रमक व्यापार गर्यो । देशका हरेक जसो हलहरु दिनभर नै हाउसफूल रहे । प्रदीप जसितासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
प्रदीप खड्का, जसिता गुरुङ, निर्देशक तथा मिलन चाम्स, निर्माताहरु गोविन्द शाही र सुदीप खड्का शनिबार राजधानीका हलहरु घुम्नैमा व्यस्त रहे । फिल्मको लगानी डेढ करोड माथि बताइएको छ । फिल्ममा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, धु्रव दत्त लगायतको अभिनय छ ।