६० लागेका राता मकैलाई उपहार नै उपहार
गत वर्षहरुमा झैं हाँस्यव्यङ्ग्य कलाकार किरण केसीले यो वर्षपनि आफ्नो जन्मदिन भव्य तवरले मनाएका छन् । दही चिउरा खाने दिन असार १५ गते कलाकार केसीले औपचारिक कार्यक्रम गरेरै आफ्नो जन्मदिन मनाए । नेपाली कलाकारिता क्षेत्रका सबैका प्रिय किरणले जन्मदिनमा धेरै जनाबाट विभिन्न उपहार पाए ।
किरणले आफ्नो जन्मदिनमा उपहार त पाए नै, उनले पत्रकारिता, कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यत्तिहरुलाई सम्मान पनि गरे । पत्रकार विजयरत्न तुलाधर, कलाकारहरु रमेश केसी मट्टारे, लय संग्रौला, रामप्रसाद खनाल र राज केसीलाई किरणले सम्मान गरे । किरण केसी उर्फ राता कमैको जन्मदिनमा निर शाह, बसुन्धरा भूषाल, भुवन केसी, दिलिप रायमाझी, सुशिल क्षेत्री, शक दिपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, सुरेन्द्र केसी लगायत उपस्थित थिए ।
‘वर्थ डे म्यान’ किरण केसीले अब फिल्म निर्माणमा पनि अगाडी बढ्ने बताएका छन् । केही दिनमै प्रेसमिट गरेर फिल्म बारे सम्पूर्ण जानकारी दिने बताए । मह जोडी र राता मकै मिलेर बनाउने फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।