find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निशा र शरदको बिहेमा पत्रकारलाई प्रवेश रोक

असार १६, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबिच विवाह भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा निशा र शरदबिच विवाह भएको हो । उनीहरुको विवाहमा सञ्चारकर्मी तथा फोटो पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । निशा र शरदको विवाहको फोटो खिच्न गएका सञ्चारकर्मीलाई विवाह समारोहमा जानबाट होटलका सुरक्षा कर्मीले रोकेका छन् ।


सुरक्षाकर्मीले ‘भित्रको आदेश’ भन्दै विवाह समारोहमा जानबाट रोकिरहेको सञ्चारकर्मीले बताएका छन् । चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्ति प्रियका अनुसार निशा र शरदको विवाह समारोहमा आफन्त मात्रै छन्, पनि सञ्चारकर्मी छैनन् । निशा पुर्व अध्यक्ष शान्ति प्रियको साली पर्न आउँछिन् । ‘म पनि पत्रकारको हिसाबले आएको होइन’, प्रिय भन्छन् । शान्ति प्रियले उपलब्ध गराएको तस्बिरहरुमा शरद ढाकाको टोपी, दौरा सुरुवालमा प्रस्तुत छन् भने निशा बेहुलीको भेषमा सजिएकी छिन् ।


रातो टिका लगाउँदै उनीहरुले एक अर्कालाई दुबोको माला लगाइदिएका छन् । बिहेमा दुवै जना खुसी देखिन्छन् । करिब चार वर्षको प्रेमपछि निशा र शरद बैवाहिक जीवनमा बाँधिएका हुन् । दुवैलाई वैवाहिक जीवनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha